कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार नाघ्यो, २१ लाख ८२ हजार बढी संक्रमित

अर्थ राजनीति – पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या करिब दश हजारले बढेर १ लाख ४५ हजार ५ सय ४५ पुगेको छ । विश्वमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । संक्रमितको संख्या पनि करिब ८२ हजारल बढेर २१ लाख ८२ हजार ७ […]

एक जिल्लाबाट अर्को जिल्ला जान रोक, जानै परे अनुमति लिनु पर्ने

काठमाडौँ — गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको छ । गृहको […]

प्रहरीलाइ नटेरेको भन्दै भैरहवामा सेना परिचालन

अर्थ राजनीति – भैरहवामा ‘लकडाउन’ उल्लंघन गर्नेको संख्या बढेपछि नेपाली सेना परिचालन गरिएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अटेरी गरेपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीको अनुरोध स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेना परिचालन गरिएको हो । सेनाले सहरका मुख्य सडक र चोकमा गस्ती बढाएको छ । […]

बितेका दुई दिनमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएनन्

अर्थ राजनीति – देशभित्र बिगत दुई दिनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । लगातार सात जना कोरोना भाइरस संक्रमित भेटिएपछि शतर्कता अपनाइएको अवस्थामा नयाँ संक्रमित नभेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिएको रयापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आएकाहरुको आरटी पीसीआर गर्दा नेगेटिभ आएको जानकारी दिए […]

काभ्रेका दुई युवाको आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट नेगेटिभ

अर्थ राजनति । काभ्रेका दुई जना युवामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) गर्दा कोरोनाको एन्टिबडी देखिएपछि पिसिआर टेस्ट गर्दा नतिजा नेगेटिभ आएको छ। बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवक र मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय युवकमा सोमबार र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी देखिएको थियो। आरडिटी नतिजा पोजेटिभ देखिएपछि ती युवकलाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो। उनीहरूको पिसिआर […]

अमेरिका द्वारा डब्लुएचओ लाइ दिदै आएको आर्थिक सहयोग रोक्का: अघिल्लो बर्ष चार सय मिलियन डलर सहयोग

अर्थ राजनीति । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गरेको काम निकै फितलो रहेको आरोप लगाउदै अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सहयोग रोक्न निर्देशन दिएका छन् । कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै डब्लुएचओ असफल भएको ट्रम्पको आरोप छ । कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको गम्भीर आरोप […]

काभ्रेका दुई युवामा आरडीटी पोजिटिभ

अर्थ राजनीति – काभ्रेका दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सतर्कता बढाइएको छ । द्रुत परीक्षण (आरडीटी)  किटबाट स्वाब परीक्षण गर्दा संक्रमण देखिएपछि उनीहरुलाई धुलिखेल अस्पतालमा लगिएको छ । काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुमा कोरोना संक्रमण देखिएको हो । उनि हरु विदेश बाट फर्किएको भन्ने जानकारी आएको छ ।

लकडाउन वैशाख १५ सम्म

अर्थ राजनीति  –  सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो । सीमानाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्वव्यापी महामारीको रुपमा […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, लकडाउन एकसाता लम्ब्याउने तयारी

अर्थ राजनीति । सरकारले अन्तिम पटक थपेको लकडाउनको समयावधि भोलि सकिँदैछ । मुलुकभित्र कोरोना संक्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन पुनः एक साताका लागि थप्न लागिएको बताइएको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत १० […]

भारतमा १९ दिन लकडाउन लम्ब्याइयो, नेपालमा कहिले सम्म ?

अर्थ राजनीति – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् । ‘अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो […]