म्यानमारसहित ६ देशमाथि भिसा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

Machchapuchchre

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमारसहित ६ मुलुकका लागि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । अमेरिकाले एक विज्ञप्ति जारी गर्दै म्यानमारसहित ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

विज्ञप्तिमा जनाइएअनुसार म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् । भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा समेत यस्तो निर्णय गर्न सक्ने बताइएको छ।

आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ। अमेरिकाले हाल आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गर्न थालेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्