उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

Artharajniti  ~  राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् । रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट भएको धनजनको क्षतिको खबरले आफूलाई […]

मानवीय क्षति न्यूनीकरणका लागि एकजुट हुन सभामुखको आह्वान

Artharajniti  ~  तिब्बती क्षेत्र हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको खबरप्रति सभामुख डीपी अर्यालले चासो व्यक्त गरेका छन्। सभामुख अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन अनुरोध गरेका हुन्।  ‘तल्लो तटीय क्षेत्रमा रहनुभएका सम्पूर्ण दिदीबहिनी […]

रसुवा बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

Artharajniti  ~  प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले आज दिउँसो १२:३० बजेका लागि बैठक बोलाएका हुन्। रसुवा बाढी पछिको अवस्था र खोज उद्धारबारे निर्णय गर्न शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको हो। बैठक अघि शाहले सुरक्षा निकायको ब्रिफिङ लिएका थिए । भोटेकोशी नदीमा अकस्मात आएको बाढीले […]

देउवा र खड्काको पूरक निवेदनको पेशी ११ गते

Artharajniti  ~  नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा र खड्का समूहको वारेस भएर अधिवक्ता श्रवणकुमार देवले निवेदन दर्ता गराएका हुन्। निवेदनमाथि ११ भदौका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनको विवादमा […]

प्रधानमन्त्री शाह कालो चस्मा लगाएरै संसद बैठकमा जाने

Artharajnti  ~  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) कालो चस्मा लगाएरै संसदमा उपस्थित हुने भएका छन् । बुधबार हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसदमा जाने भएका हुन् । यसअघिको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा कालो चस्मा प्रयोग गर्न नमिल्ने र प्रयोग गर्नैपरेमा मेडिकल रिपोर्ट संसद सचिवलायमा बुझाउनुपर्ने निर्णय गरेको थियो […]

सुरु भयो नाडा अटो शो, नेपालीसहित ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा

Artharajniti  ~   नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८ औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसाय यादवले उद्घाटन गरे । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई समेत प्राथमिकतामा राख्दै दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ […]

कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्का सर्वोच्चमा

Artharajniti  ~  नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा छुट्टाछुट्टै रिट दिएका छन्। उनीहरूले वारेसमार्फत् आज सर्वोच्च अदालतमा रिट दिएका हुन्। केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत् राखेर हालै केन्द्रीय निर्वाचन […]

नागढुङ्गा सुरुङमार्ग चार पाङ्ग्रे साना सवारीलाई खुला

Artharajniti ~  नागढुङ्गा सुरुङमार्ग आजबाट सर्वसाधारणका लागि आंशिक खुला भएको छ । यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा आजदेखि चार पाङ्ग्रे साना सवारी (कार, जिप, भ्यान) का लागि खुला गरिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । ‘अहिले पनि सुरुङमार्ग परीक्षणकै क्रममा छ, उनले भने, सोही क्रममा आजबाट साना […]

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Artharajniti  ~   संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका […]

बागमतीमा राप्रपाबाट ३, एमालेबाट २, नेकपाबाट २ मन्त्री

Artharajniti  ~ बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअनुसार सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगेको छ । एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने गरी दलहरुबीच बाँडफाँट भएको छ । आन्तरिक विवादका बीच सरकारलाई समर्थन गरेको राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर […]