Artharajniti ~ प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा उनले यस्तो आह्वान गरेका हुन्। भारतीय उद्योग परिसंघ (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त रूपमा सम्बोधन गर्दै उनले लगानीका लागि नेपालमा प्रशस्त सम्भावना रहेको बताए। सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानी गर्न उनले भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे।नेपालमा लगानी गरिसकेका व्यवसायीलाई पनि लगानी विस्तार गर्न उनले आह्वान गरे। ‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ उनले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’ नेपालमा लगानी बढाउन सरकारले कानुनी सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको उनले बताए।
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री :”निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्”



