देशभर लकडाउन तिब्र उलंघन , मन्त्रिपरिषद् बैठक आज बस्दै; पसल खोलिने, निजी सवारी साधनहरु चल्न दिइने

Machchapuchchre

अर्थ राजनीति ~ मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी परितर्वन गर्ने बारेमा छलफल हुने बताइएको छ ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ सम्म बढाउँदै मोडालिटीबारे अध्ययन गर्न उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो ।

समितिको गृहकार्यसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विज्ञहरुसँग परामर्श पनि गरेका थिए ।

विज्ञको सुझावअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएको छ ।

निरन्तरको लकडाउनले व्यसाय धरासयी भएको भन्दै काठमाडौं लगायत देशभर उल्लंघन गर्ने चर्को चेतावनी आएपछि सरकारले मोडालिटीबारे गृहकार्य तीब्र बनाएको हो ।

लकडाउन लम्ब्याउँदै लगे पनि संक्रमण कायमै रहेकाले सुरक्षा सतर्कता अपनाउँदै दैनिक व्यवसाय खुला गर्ने गरी लकडाउन मोडालिटी परिवर्तन हुने जनाइएको छ ।

सम्भवत आज केहि महत्वपूर्ण निणर्य हुन सक्छ ।’ स्रोतको भनाई छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका क्षेत्रलाई उच्च सुरक्षा र सतर्कतामा राख्दै बाँकी क्षेत्र खुला गर्ने गरी तयारी भएको छ । प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा लकडाउन खुला गर्न नसकिने सरकारी निष्कर्ष छ ।

पसलहरु खोल्न दिने, भिडभाड नियन्त्रण गर्ने, मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, निजी सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्था हुनसक्ने बताइएको छ । सरकारले गत चैत ११ देखि देशव्यापी लकडाउन घोषणा गरेको आज ७३ दिन पुगेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्