” मन्त्रीहरूले जवाफ नदिएसम्म संसदमा विरोध जारी राख्छौँ ” : हर्क साम्पाङ

Artharajniti  ~   श्रम संस्कृति पार्टीका पार्टी अध्यक्ष हर्कराज साम्पाङले सरकार जनताप्रति जवाफदेही नबनेको आरोप लगाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सरकारका मन्त्री संसदबाट भागिरहेको बताएका हुन्। उनले संसदमा व्यक्तिगत विषय नभई राष्ट्रिययसम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेको बताए। ‘हामीले बारम्बार प्रश्न उठाका  छौँ, व्यक्तिगत कुरा नभई जनतासँग प्रत्यक्ष सम्बन्धित प्रश्न सरकारका मन्त्रीहरूसँग सोध्न खोजेका […]

धितोपत्र बोर्ड अध्यक्षका लागि ४ जना परे संक्षिप्त सूचीमा

Artharajniti  ~  नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका ४७ जनाबाट संक्षिप्त सूची तयार भएको छ। संक्षिप्त सूचीमा रहेका चार जनामा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्ट छन्। अध्यक्ष छनोट समितिले उनीहरूलाई जेठ ८ गते कार्ययोजना प्रस्तुत गर्न छलफलमा बोलाएको छ। बोर्डको अध्यक्षका लागि संक्षिप्त छनोटमा परेका डा. […]

प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा

Artharajniti  ~  सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाको हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पटकपटक समय सार्दा पनि निर्माणमा ढिलासुस्ती भएको हल निर्माणको काम अब अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जानकारी दिएको छ। निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। आगामी जेठ १५ सम्म प्रतिनिधि सभाको यो हल बनिसक्ने […]

प्रधानन्यायाधीश शर्माले सम्हाले कार्यभार

Artharajniti ~   नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले पदभार सम्हालेका छन्। राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएसँगै शर्माले सर्वोच्च अदालत पुगेर कार्यकार सम्हालेका हुन्। शर्माको पदभार ग्रहण कार्यक्रममा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल भने अनुपस्थित रहिन्। वरिष्ठता क्रम मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएकामा प्रधानले सार्वजनिकरुपमै असन्तुष्टि पोखेकी थिइन्। शर्माले पदभार ग्रहण गर्दा सर्वोच्चका अन्य न्यायाधीश, उपत्यकाका अदालतका न्यायाधीश […]

कुन मन्त्रालय गाभिए, कुन–कुन भए खारेज

Artharajniti  ~   प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले सङ्घीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो  निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी […]

सीईओ पाण्डेलाई थुनाबाहिरै राखी अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह

Artharajniti  ~  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको प्रति बैंकिङ क्षेत्रका चारवटा छाता संगठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई बुधबार नियन्त्रणमा लिएपछि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त […]

कांग्रेसले भन्यो– ” प्रधानमन्त्री उपस्थित नभए संसद्‌मा विरोध जारी रहन्छ “

Artharajniti  ~  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह उपस्थित नभए संसद्मा विरोध जारी रहने बताएको छ । पार्टीका सचेतक निश्कल राईले प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने र नभए विरोध जारी रहने बताएका हुन् । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन भूमिका खेल्नुपर्ने बताउँदै उनले यस्तो बताएका हुन् । ‘फेरि पनि […]

आज थप तीनवटा अध्यादेश ल्याउँदै सरकार

Artharajniti  ~  अघिल्ला सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्न सरकारले अध्यादेश ल्याउने अन्तिम तयारी गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने बाटो खुला गर्न लागेको हो । यसअघि दुई अध्यादेश राष्ट्रपति कार्यालय पुगिसकेका छन्, जसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी समस्या समाधानसम्बन्धीको अध्यादेश छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार […]

अध्यादेशको चौतर्फी विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा

Artharajniti  ~  अध्यादेशको चौतर्फी विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्न लागेको छ । सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा छलफल गर्न रास्वपाले सांसदहरुसँग अनौपचारिक छलफल गर्न लागेको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा […]

मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

Artharajniti  ~  साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले  सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने भएको छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिए। त्यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय […]