गृहमन्त्री : ” सहकारी ठगीका योजनाकारको खोजी तीव्र बनाएका छाैँ “

Machchapuchchre Bank

Artharajniti  ~  गृहमन्त्री सुदन गुरुङले सहकारीका ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानूनी कठघरामा उभ्याउन सफल भएको बताएका छन्। उनले बुधबार सामाजिक सञ्जालबाट बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाएको पनि बताएका छन्। उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिन ‘डे वान’बाटै नागरिकलाई न्याय दिन खोजीलाई तीव्र पारेको बताए। ‘पूर्वलाई न्याय,बराह सहकारीका मुख्य योजनाकार शिव कुमार विश्वकर्मा (लामिछाने) सीआईबीद्वारा पक्राउ ! ६ वर्षअघि धरानमा सेभ घाेपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको  त्यो पीडाले मलाई सधैँ झकझकाइरहेको थियो’, उनले भनेका छन्,‘अभियन्ता हुँदा वा जेनजी आन्दोलन पश्चातका प्रयासहरूमा तत्काल केही गर्न नसके पनि, गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको थियो। अन्ततः ५ अर्ब ८८ करोडभन्दा बढीको बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएका छौं।’ उनले क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने पनि बताएका छन्। ‘क्रमबद्ध रूपमा अब बाँकी दोषीहरूलाई खोजी तथा कारबाहीको प्रक्रिया तीव्र बनाउने सम्पूर्ण जनमानसमा जानकारी गराउन चाहन्छु’, उनले भनेका छन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्