कर्मचारी भनेका बैंकका सम्पति हुन्, बिशेष राहत प्याकेज ल्याउनु परेमा पछि हट्दैनौ

Machchapuchchre

अर्थ राजनीति – अहिलेको समय भनेको रास्ट्रको मात्र मुख ताक्ने समय नभएको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताउनु भएको छ ׀ सम्पूर्णले आफ्नो तर्फ बाट सकेको सहायोग गर्नु पर्ने उहाँको धारणा छ ׀ कोरोना महामारीमा समेत सनराइज बैंकले ग्राहकलाइ निरंतर सेवा प्रदान गरिरहेको उहाँले बताउनु भयो ׀ त्यस्तै कर्मचारी तथा ग्राहक भनेको बैंकको सम्पति भएकोले उनिहरुको स्वास्थका बारेमा आफु सचेत रहेको र यस भाइरस संग लड्न अपनाउनु पर्ने उपायहरु अपनाईरहेको बताउनु भयो ׀

कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्ययले अहिलेको समय भनेको सर्भाइभ (बाँच्न) का लागि काम गर्ने भएको बताउनु भएको छ ׀ यस भन्दा पहिला यहि प्रकृतिको बिपत्ति सामना नगरेपनि अन्य समस्याहरु (महामारी)  भोगी सकेको र त्यसबाट पाठ सिक्दै सुझ बुझका साथ अगाडी बढे यस महामारी संग लड्न सकिने धारणा राख्नु भएको छ ׀ त्यस्तै कर्मचारीका हकमा यस महामारीको समयाबधि लाइ मध्यनजर गरेर कुनै छुट्टै बिशेष राहत सुबिधा ल्याउनु परेमा कृषि बिकास बैंक पछाडी नहट्ने र यस बिषयमा गृहकार्य भइ रहेको बताउनु भएको छ ׀ साथै कृषि क्षेत्र मजबुद बनाउनका निमित्त बैंक खरो रुपमा प्रस्तुत हुने उहाँले बताउनु भएको छ ׀ नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उहाले यस्तो बताउनु भएको हो । पुरा कार्यक्रम तल दिएको लिंकमा हेर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्