बिश्वोकै सबैभन्दा शक्तिशाली व्यक्ति; अमेरिकाका रास्ट्रपतिलाइ किन बङ्कर भित्र हालियो ?

Machchapuchchre

अर्थ राजनीति ~ सयौँको सङ्ख्यामा रहेका प्रदर्शनकारी ह्वाइट हाउसअगाडि प्रदर्शनमा उत्रिँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार राति केही समयको लागि बङ्करमा लगिएको खुलेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले ह्वाइट हाउसका अधिकारी तथा कानून कार्यान्वयन गराउने स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पलाई बाहिरी प्रदर्शनबाट जोगाउन बङ्करमा लगिएको उल्लेख गरेको छ ।
अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसभित्रको बङ्करमा करिब एक घण्टा राखेपछि मात्रै माथि उक्लिन लगाइयो । स्रोतका अनुसार ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प र छोरा बरोनलाई बङ्करमा लगिएको हो । गोप्य सेवा अधिकारीसँग प्रदर्शनकारीको अाम्नेसामुन्ने भएपछि राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्न कदम चालिएको ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ । प्रदर्शनकारीले लखेटेपछि गोप्य सेवाको सुरक्षा घेरा साँघुरिएको थियो । तर चार घण्टापछि भिड पातलिँदै गएपछि सुरक्षा घेराकाे परिमिति बढाएकाे थियाे ।
उक्त समाचार पहिलो पटक द न्युयाेर्क टाइम्सले प्रकाशन गरेको हो ।
ह्वाइट हाउसमा प्रोटोकल हेर्ने अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्नुपरे प्रथम महिला र परिवारलाई समेत उक्त सुविधा प्रदान गरिनेछ । उक्त प्रोटोकल बमोजिम नै राष्ट्रपति ट्रम्पसँगै मेलानिया र बरोनलाई पनि बङ्करभित्र राखिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्