के अब बिश्वो शक्तिरास्ट्र चिन नै हो त ?

corona
Machchapuchchre

अर्थ राजनीति । “The supreme art of war is to subdue the enemy without fighting” यानिकी “युद्धको सर्वोच्च कला भनेको लडाई नगरी दुश्मनलाई काबूमा लिनु हो” यो भनाई एक चिनियाँ जनरल, सैन्य रणनीतिकार, लेखक  तथा दार्शनिक सुन्ज़ी (Sun Tzu)  को हो, उनी ५औं शताब्दी ईसापूर्वमा  पुरातन चीनको पूर्वी झोउ अवधिमा बस्थे ।  सुन्ज़ी ‘आर्ट अफ वार’ ग्रंथका लेखक हुन् । ‘आर्ट अफ वार’ सुन्ज़ी को सैन्य रणनीति सम्बन्धि एक प्रभावशाली रचना हो जसले दुबै पश्चिमी र पूर्वी एशियाली दर्शन र सैन्य सोचमा प्रभाव पारेको छ । उनको यस रचनामा बिशेस गरि युद्धका विकल्पहरूका बारेमा बढी केन्द्रित छ, जस्तै जासूसी अथवा छलीको प्रयोग, व्याकुलता, ढिलाइ, गठबन्धन बनाउने आदि इत्यादी  । सुन्ज़ी लाई चिनियाँ र पूर्वी एसियाली संस्कृतिमा एक महान ऐतिहासिक सैन्य व्यक्तित्वको रूपमा सम्मान गरिएको छ । पाठक बर्गलाइ सजिलो होस् भन्ने हेतुले उक्त पुस्तकको मसंग उपलब्ध संस्करण यहाँ संलग्न गरेको छु । (आबस्यकता परेमा यहाँहरुले Amazon, Books-A-Million, Barnes & Noble लगायतबाट खरिद गर्न सक्नु हुनेछ) ।

ART OF WAR [wpdm_package id=’6530′]

चीनको हुवेई प्रदेशको वुहान सहरमा पहिलो पटक देखापरेको नोबेल कोरोना (२०१९–nCoV) भाइरसको प्रकोप सन् २०१९ को नोभेम्बरमा देखिएको थियो र उक्त भाइरसको सङ्क्रमण बिश्वोका प्राय सम्पूर्ण देशमा फैलिसकेको, करिब साढे ७ लाख मानिस संक्रमित भएको र ३४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको हालसम्मको तथ्याङ्ककले देखाएको छ । यस भाइरसको सङ्क्रमणलाई लिएर विश्वव्यापि भयाभव माहामारी, त्रास र चिन्ताको विषय बढिरहेको छ । अझैसम्म यसको ठयाक्कै यहि हो भनेर औषधि पत्ता लागिसकेको  छैन । अहिले बिश्वो दुइ भागमा विभाजित भएको छ । एकातर्फको भनाइ यो ईबोला, सार्स, स्पेनिश फ्लु जस्तै माहामारी फैलाउने रोग हो जुन निश्चित अबधि सम्म निश्चित क्षेत्रमा रहन्छ अनि सकिएर जान्छ भन्ने छ भने, अर्को तर्फको भनाइ यो कतै चिन र अमेरिका बिचको आर्थिक, सामाजिक र राजनैतिक सर्वोच्चताका निमित्त युद्धको परिणाम त होइन ? र चिनले बिश्वो अर्थराजनीतिको महाशक्ति बन्ने महत्त्वाभिलाषा राखी; माथि उल्लेखित सुन्ज़ीको भनाइ अनुरुप युद्दको विकल्पको रुपमा COVID – 19 लाइ प्रयोग गरिरहेको त छैन भन्ने भनाइ पनि यत्र तत्र सर्बत्र हुन थालिसकेको छ ।

चिन माथि संकागर्ने आधार के ?

सबै देशको मूद्रा खस्किदै गएको यो समयमा, चीनको चाही झन् झन् बलियो किन हुदैछ ? किन आफ्नो देशमा रहेको सबै बिदेशी कम्पनीहरुको गिरेको शेयर चिन सरकार धमाधम खरिद गर्दैछ ? पुरा दुनिया कोरोना भाइरस बिरुद्द भेक्सिन (antidote) बनाउन नसकिरहेको, संसार यस रोगका कारण त्राहिमाम भएको बेला वुहान          ( उद्गम स्थल ) अब संक्रमण रहित छ, के चीनले कोरोना बिरुद्दको भेक्सिन बनाईसकेको हो त ?  चिनिया रास्ट्रपति अति संक्रमित क्षेत्रको भ्रमणमा जादा सामान्य RM1 फेसमास्क लगाएर जान्छन, जबकी त्यस्तो प्रभावित क्षेत्रमा जादा PPE अनिबार्य रुपमा प्रयोग गर्नु पर्ने होइन ?  कोरोनाको केन्द्रबिन्दु वुहान बाट ८४० कि मि टाढा सांघाईमा न्यून संक्रमण, तर ११८६० कि मि टाढा अमेरिकामा कोरोना को बिगबिगी कसरि ? उत्तर कोरिया र रुसमा अहिले सम्म असर देखिएको छैन तर अमेरिका, क्यानाडा, दक्षिण कोरिया, इंगलैंड, इटाली, इरान, फ्रान्स, स्पेन, जर्मनीमा किन भयाबह ? जब कि यी देशहरु उत्तर कोरिया र रुस को दाँजोमा धेरै टाढा छन् । अरु देशका राजपरिवार, प्रधानमन्त्री, मन्त्रिहरु यसको चपेटामा पर्दा, चीनमा एउटा पनि नेता तथा मन्त्रि या आर्मी कमान्डरलाइ किन छोएन ? 

यहाँ म एउटा पुस्तक उल्लेख गर्न चाहन्छु ‘Unrestricted Warfare’ – ‘warfare beyond bounds’ यानिकी ‘सीमा भन्दा परको युद्ध’,  पीपुल्स लिबरेशन आर्मीका दुई कर्नेल Qiao Liang र  Wang Xiangsui  द्वारा लिखित सैन्य रणनीतिमा आधारित पुस्तक हो । यो ग्रंथ पनि माथि उल्लेखित सुन्ज़ी को ‘आर्ट अफ वार’ बाट प्रभावित देखिन्छ, यस पुस्तकको  मुख्य बिषय बस्तु ; कसरी चीन जस्ता राष्ट्रले विभिन्न माध्यमबाट आफु भन्दा बलिया प्रतिद्वन्द्वी (जस्तै संयुक्त राज्य) लाई हराउन सक्छ भन्ने हो । यो पुस्तकलाइ ‘China’s Master Plan to Destroy America’ नामाकरण समेत गरिएको छ । सिधा सैन्य टकरावमा ध्यान केन्द्रित गर्नुको सट्टा यस पुस्तकले अन्य विभिन्न प्रकारका साधनहरूको अध्ययन गर्दछ । त्यस्ता माध्यमहरूमा अन्तर्राष्ट्रिय कानून तथा विभिन्न आर्थिक साधनहरू लगायतका  अस्त्रहरु प्रयोग गरि विपक्षीलाई खराब स्थितिमा धकेल्ने जसले प्रत्यक्ष सैन्य कारवाहीको भन्दा धेरै क्षति गरोस । यो पुस्तकको म संग उपलब्ध संस्करण यहाँ संलग्न गरेको छु, माथि उल्लेखित् साइटहरु बाट आफ्नो प्रति सुरक्षित् गर्न सक्नुहुनेछ ।

Unrestricted Warfare_ China’s Master Plan to Destroy America
[wpdm_package id=’6530′]

चिनको योजना र अनुमान के हुन सक्छ ?

भाइरस र एन्टीडोट सिर्जना गर्ने  र फैलाउने । कार्यक्षमताको प्रदर्शन गर्ने, केही दिनमा अस्पतालहरू निर्माण गरेको देखाउने, जुन सुनियोजित हुनेछ  ।  नोभेम्वर मा देखिएको भाइरस डीसेम्बरको अन्तिममा मात्र WHO लाइ जानकारी गराउने ताकी संसारभरि  महामारी फैलि सकेको होस् ।   अन्य देशहरूका कारखानामा उत्पादन लाइनहरू रोक्ने ।  आफ्नो देशमा महामारीलाई द्रुत गतिमा नियन्त्रण गर्ने, जुन पहिला नै नियोजिंत हुन्छ । जब बिश्वोको अर्थतन्त्र ध्वोस्त हुन्छ त्यसपछि स्टक बजारमा भारि गिरावट आउनेछ यहि अबसर पारेर  न्युनतम मुल्यमा कम्पनिहरु किन्ने, कच्चा पदार्थ, खनिज, तेल लगायत अन्य बस्तुको मूल्य कम भएको मौका छोपेर ठुलो मात्रामा भण्डारण गर्ने र जब बिश्वो भरका उधोग धन्दाहरु पक्षाघात भएर संकटमा फसेका हुन्छन र मालसामानको चरम अभाव भएको हुन्छ त्यहि मौका छोपी महँगोमा सामान बेच्ने । हालै गरिएको एक प्रक्षेपण अनुसार  बिश्वो अर्थतन्त्रलाइ सामान्य अबस्थामा फर्किन महामारी अन्त्य भएपछि कम्तिमा छ महिना लाग्नेछ । यसरी अन्य रास्ट्रहरु रोगको माहामारीका कारण त्राहिमाम भएको र सामान्य अबस्थामा फर्कन संघर्सरत  अबस्थाको फाइदा उठाउदै चिनली आफ्नो आर्थिक अबस्था मजबुद बनाउने योजना हुन् सक्छ ।

हालसालै नेपाल सरकारले पहिलो चरणमा चिनबाट १ अर्ब २४ करोड रुपया बराबरको कोरोना बिरुद्द प्रयोग हुने माल सामान  तथा विभिन्न स्वास्थ्य उपकरणहरु खरिद गरेको छ । त्यस्तै स्पेनले ४३२ मिलियन यूरो (लगभग ५८ अर्ब रुपया) बराबरको माल सामान तथा स्वास्थ्य उपकरणहरु खरिद गरेको छ । साथै बिश्वोका अधिकाँस मुलुकहरुले चिन बाट विभिन्न उपकरण तथा स्वास्थ्य सामाग्री खरिद गरि रहेका छन, आजाको दिनमा संसार भर कुनै पनि मुलुकले पूर्णरुपमा कलकारखाना र उधोगधन्दा संचालन गर्ने अबस्था छैन कित जे सुकै होस् भनेर छोड्नु पर्ने अबस्था छ हैन समाधानको उपाय खोज्ने हो भने चिनबाट आयात नगरी  सम्भव छैन ।  अब चिनको मुख्य लक्ष्य भनेकै धेरै भन्दा धेरै आफ्ना उत्पादन बिक्रि गर्ने रहन्छ । एक अनुमान अनुसार कोरोना भाइरसका कारण संसारभरि बाट करिब ८४० लाख करोड रुपया बराबरको खर्च हुनें देखिन्छ । त्यसका अलावा संसारभरको जीडीपी मा करिव ३२० लाख करोड रुपया  बराबरको नोक्सान हुनेछ ।

अन्त्यमा..

उही बिश्वो प्रसिद्द सैन्य रणनीतिकार, लेखक र दार्शनिक सुन्ज़ी (Sun Tzu)  को भनाइ राख्न सान्दर्भिक ठान्छु  “If one party is at war with another, and the other party does not realize it is at war, the party who knows it’s at war almost always has the advantage and usually wins”  यानिकी  “यदि एक पक्ष अर्कोसँग युद्द  गरिरहेको छ, र अर्को पक्षले यो युद्धमा छ भनेर बुझेन भने, त्यो पक्ष जो युद्धमा छु भन्ने थाहा छ, प्रायः उसलाई यसको फाइदा हुन्छ र सामान्यतया जित्छ” । यो भनाइलाइ अहिलेको परिस्थिति संग सम्मिलित गर्नु पर्दा माथि अनुमान गरिए जस्तै चिनले जब आफुभन्दा बलिया रास्ट्रलाइ सैन्य रुपले पराजित गर्न असम्भव देख्यो त्यस पस्चात बिश्वोशक्ति रास्ट्र बन्ने लालसामा यो रणनीति बुनेको हुन सक्छ, यदि अन्य कानुनि लगायत प्राबिधिक समस्या हरु झेल्नु नपरेको खण्डमा उसलाई संसारको शक्तिरास्ट्र बन्नबाट कुनै बाह्य तत्त्वोले रोक्न सक्ने छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्