नागढुङ्गा सुरुङमार्गका लागि कुमारी बैंकले सुरु गर्यो ई–ट्याग सेवा
Atharajniti ~ कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी प्रणाली (ई–ट्याग) को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याएको हो । ई–ट्याग प्रयोग गरेपछि सवारीधनीले टोल बुथमा नरोकिई स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन् । […]
