के अब बैंकिंग क्षेत्रमा कर्मचारी कटौती हुदैछ ? ऋणीले ऋण तिर्न नसक्ने अवस्थामा के हुन्छ ? (भिडियो)

Machchapuchchre

अर्थ राजनीति – नेपाल रास्ट्र बैंकका प्रबक्ता डा. गुणाकर भट्टले कोरोना महामारीका कारण अर्थतन्त्रमा सुस्तता आएसंगै अहिले बजारमा चर्चामा रहेको बिषय बैंकका कर्मचारी कटौती, शाखा मर्जर लगायतका बिषयमा रास्ट्र बैंकको धारणा राखेका छन् ׀ त्यस्तै ऋणीलाइ ऋण तिर्ने अबधि मात्र थपियो, ऋण तिर्न नै नसक्ने अबस्थामा के हुन्छ ? रास्ट्र बैंकले गरेको पहिलो चरणको सहुलियत् प्याकेज अपूर्ण भयो, दोश्रो चरणमा कस्ता प्रकृतिका सहुलियत हरु आउछन भन्ने कुरा समेत जानकारी गराएका छन ׀

त्यस्तै डेभालेपमेंट बैंकर्स संघका अधक्ष्य गोबिन्द प्रशाद ढकाल यस विषम परिस्थितिमा कर्मचारीहरुलाई कसरि ब्यबस्थापन गरिदैछ, कर्मचारीलाइ कुनै प्रकारका प्रोत्साहन जनक सेवा सुबिधाका बारेमा संघको धारणाका बारेमा जानकारी गराएका छन् ׀ त्यस्तै अब बैंकिंग क्षेत्र कसरि अगाडी बढ्नु पर्छ भन्ने बारेमा पनि आफ्नो धारणा ब्यक्त गरेका छन । नेपाल टेलिभिजन क्षेत्रकै एकमात्र बिशुद्द बैंकिंग कार्यकर्म ‘बैंकिंग सेरोफेरो’ को शनिबारिय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रम हेर्न तल दिएको लिंकमा क्लिक गर्न सक्नुहुने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्