जितपछि चन्द्र भण्डारी : ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’

Machchapuchchre Bank

Artharajniti  ~  नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्र भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन्। ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भनेका छन्, ‘सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु।’ उनले आफ्नो निर्वाचनमा साथ र समर्थन दिने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्। भण्डारी ३७ सय ३५ मत प्राप्त गर्दै १५ औँ महाधिवेशनमार्गत कांग्रेस उपसभापति निर्वाचित बनेका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्