नागढुङ्गा सुरुङमार्गका लागि कुमारी बैंकले सुरु गर्‍यो ई–ट्याग सेवा

Machchapuchchre Bank

Atharajniti  ~  कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी प्रणाली (ई–ट्याग) को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ । बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याएको हो । ई–ट्याग प्रयोग गरेपछि सवारीधनीले टोल बुथमा नरोकिई स्वचालित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्नेछन् । सवारीसाधनमा ई–ट्यागको स्टिकर टाँसेपछि टोल शुल्क सम्बन्धित प्रणालीमार्फत स्वतः कट्टा हुने व्यवस्था छ । यसले टोल बुथमा हुने भिडभाड तथा लामो लाइनको झन्झट कम गर्नुका साथै यात्राको समय बचत गर्न सहयोग पुग्ने बैंकले जनाएको छ । ई–ट्याग प्राप्त गर्न इच्छुक ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन् । त्यसैगरी, ई–ट्यागसम्बन्धी थप जानकारी बैंकको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । ग्राहकले वेबसाइटमार्फत अनलाइन दर्ता प्रक्रिया पनि पूरा गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्