तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २ महिनाका लागि ७० अर्ब रुपैयाँ उठाउँदै

Machchapuchchre Bank

Artharajniti  ~  काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ७० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत २ महिनाका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। शुक्रबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज मंसिर २३ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ७ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्