ARTHARAJNITI ~ स्थानीय तह निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू निर्वाचन आयोग पुगेका छन्। छलफलमा सहभागी हुन सत्तारूढ रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत निर्वाचन आयोग पुगेका हुन्। निर्वाचन आयोगमा हुने छलफलमा स्थानीय तह निर्वाचनसँग सम्बन्धित विषयमा राजनीतिक दलहरूको धारणा र सुझावबारे छलफल हुने बताइएको छ। निर्वाचनको तयारी, निर्वाचनसम्बन्धी कानुनी तथा प्राविधिक विषय र राजनीतिक दलहरूबीच आवश्यक समन्वयका विषयमा समेत छलफल हुन सक्नेछ। स्थानीय तह निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने विषयमा आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्न लागेको हो। छलफलबाट निर्वाचनसम्बन्धी विषयमा दलहरूको धारणा बुझ्न तथा आवश्यक सहमति र समन्वयको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तह निर्वाचनबारे छलफल गर्न प्रमुख दलका नेताहरू आयोगमा



