निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिट दर्ता भयो

Machchapuchchre Bank

Artharajniti  ~  निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। उनको रिट शुक्रबार दिउँसो दर्ता भए पनि सुनुवाइका लागि पेशी तय भएको छैन। निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन हुन्छ। तर भोलि शनिबार परेको छ। त्यसपछि तिहारको बिदा परेको छ। तिहार बिदा २२ गतेदेखि २६ गतेसम्म छ। बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णय मार्फत् सरकारले कार्कीलाई हटाएर डा. मनोज केसीलाई महानिरीक्षकको जिम्मेवारी दिएको थियो।कार्कीलाई भने महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। कार्की मन्त्रिपरिषद्को निर्णयको पत्र नबुझी सर्वोच्च गएका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्