वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

Artharajniti  ~  वर्षौंदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ठोस पहल अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको सक्रियतामा कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्य योजना तयार पार्न एक अध्ययन कार्यदल गठन गरिएको हो। नेपाल सरकार मन्त्रिपरिषद्को […]

सभापति थापा : “पाँचपटक प्रधानमन्त्री बनेको मान्छे पनि छैटौँपटक बन्न नपाएर दिग्दार छ “

Arthrajniti  ~  काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन्। आइतबार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन कार्यक्रममा थापाले राजनीतिक सफलताको मापन पद र पटकबाट गर्न नहुने बताए। थापाले भने, ‘कति पटक सभापति हुनुभयो, कति पटक सांसद हुनुभयो, कति पटक मेयर हुनुभयो भन्ने मानक […]

देउवा बिहीबार मध्याह्न स्वदेश फर्किँदै

Artharajniti  ~  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार मध्याह्न स्वदेश फर्किँदै छन् । जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका पूर्वप्रधानमन्त्री देउवा १३ फागुनमा सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । देउवा अहिले हङकङबाट थाइल्यान्डको बैंकक पुगेका छन् । उनी बैंककबाट […]

ग्लोबल आईएमई बैंकको नाइमा अफर, ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

Arthaajniti ~ ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलव ५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । जसअनुसार, हालको आधारदरमा न्यूनतम् ५.२५ प्रतिशत ब्याजदर कायम […]

रास्वपाको ३७ देशमा संगठन विस्तार, कुन कुन देश ?

Atharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३७ देशमा शुभेच्छुक संस्था ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको छ । पार्टी गठन भएको चार वर्षमा ३७ देशमा पार्टीको संगठन विस्तार गरेर शुभेच्छक संगठन ‘प्रवास नेपाली सम्पर्क विभाग’ गठन गरेको हो । प्रवास नेपाली सम्पर्क विभाग गठन भएका देशहरुमा अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, जापान, हंगकङ, मकाउ, मलेसिया, […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Artharajniti  ~  प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

नाइमा एक्स्पोमा सवारी किन्न बैंकको अफर, ५.२५ प्रतिशत ब्याजदरमै कर्जा

Artharajniti  ~  काठमाडौं। वाणिज्य बैंकहरुले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरेर सस्तो ब्याजदरका स्किम ल्याएका छन्। अटो शो सवारीसाधन बिक्रीको मुख्य थलो भएका कारण बैंकहरुले ग्राहकलाई आकर्षित गर्न सस्तो ब्याजदरका स्किम ल्याएका हुन्। नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा मोबिलिटी एक्स्पो मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोलाई लक्षित गरी ग्लोबल आइएमई, सिद्धार्थ र […]

” मुलुकको आर्थिक विकास एकल प्रयासबाट मात्रै सम्भव हुँदैन ” : अर्थमन्त्री वाग्ले

Artharajniti  ~  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच बलियो साझेदारी हुनुपर्ने बताएका छन् । नेपालका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिहरूसँग आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको मुख्य आधार भएको बताएका हुन् । मुलुकको आर्थिक विकास कुनै एक मन्त्रालय वा नीतिको एकल प्रयासबाट […]

प्रधानमन्त्रीको भारतीय राजदूतबाट सुरु भयो शिष्टाचार भेटवार्ता

Artharajniti  ~  प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री बनेपछि शाहले  राजदूतसँग पहिलोपटक एक्लाएक्लै भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ । भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

Artharajniti  ~  काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा दुई मन्त्रीहरुले मौखिक प्रश्नका उत्तर दिने सम्भावित कार्यसूची छ । परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । यसैगरी व्यवस्थापन कार्यतर्फ अर्थमन्त्री डा. स्वर्णिम […]