मालवीको संवैधानिक अदालतद्वारा राष्ट्रपति चुनावको नतिजा रद्द

Machchapuchchre

काठमाडौं । अफ्रिकी देश मालवीको संवैधानिक अदालतले गएको वर्ष भएको विवादास्पद चुनावलाई रद्द गरेको छ । गएको वर्ष भएको चुनावमा राष्ट्रपति पिटर मुथारिका कम मतान्तरले विजयी भएका थिए । गएको मे २१ मा भएको चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएको न्यायाधीशले बताएका छन्।

मालवी सन् १९६४ मा स्वतन्त्र भएयता कानूनी रुपमा चुनाव रद्द भएको यो पहिलो पटक हो । नयाँ राष्ट्रपति चुनाव अबको १५१ दिनभित्र हुनेछ । गएका मे मा भएको चुनाव यता लगातार सरकार विरोधी प्रदर्शन हुँदै आएको थियो । नयाँ चुनाव नभएसम्म राष्ट्रपति मुथारिका सत्तामा रहने अदालतले उल्लेख गरेको छ।

मे मा भएको चुनावमा पिटर मुथारिकाले ३८.६ प्रतिशत मत प्राप्त गरी झिनो मतान्तरले दोस्रो कार्यकालका लागि विजयी भएका थिए । तर दोस्रो स्थानमा आएका लाजारुस चाक्वेरा र तेस्रो स्थानमा आएका साउलोस चिलिमा चुनावको नतिजा विरुद्ध अदालत गएका थिए ।

संवैधानिक अदालतले सोमबार दिएको फैसलामा उजुरीकर्ताको आरोप अनुसार चुनावमा बृहतस्तरमा अनियमितता भएको पाइएको बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्