सरकारको निर्णय – गृहसचिवमा महेश्वर न्यौपाने

Machchapuchchre

काठमाडौं । सरकारले महेश्वर न्यौपानेलाई गृह मन्त्रालयको सचिव बनाएको छ । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।

निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा सरुवा भएका हुन् । अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई सरुवा गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्