एक जिल्लाबाट अर्को जिल्ला जान रोक, जानै परे अनुमति लिनु पर्ने

Machchapuchchre

काठमाडौँ — गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको छ ।

गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्ने छ । गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर सर्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्र्शासन र सुरक्षा निकायलाई परिपत्र गरिएको बताए ।

सुरक्षा निकाय, दुवै प्रहरी संगठन र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर मानिस आवतजावत कडाइका साथ नियन्त्रण गर्न निर्देशन गरिएको समेत जानकारी गराए ।  वैशाख २ गते नै बसेको मन्त्रिपरिषद् बैठकले भारतीय सीमा नाका अनिश्चितकालका लागि बन्द गर्दै नाका सिल गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्