प्रहरीलाइ नटेरेको भन्दै भैरहवामा सेना परिचालन

Machchapuchchre

अर्थ राजनीति – भैरहवामा ‘लकडाउन’ उल्लंघन गर्नेको संख्या बढेपछि नेपाली सेना परिचालन गरिएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अटेरी गरेपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीको अनुरोध स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेना परिचालन गरिएको हो । सेनाले सहरका मुख्य सडक र चोकमा गस्ती बढाएको छ । भैरहवाका विभिन्न क्षेत्रमा लकडाउनको समयमा पनि भीडभाड बढ्ने गरेको थियो ।

नेपाल प्रहरीले माइकिङ गरेर पसल नखोल्न अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको बताइएको छ । भारतीय बजार सुनौलीलगायत खुला सिमानाका कारण रुपन्देही कोरोनाभाइसरका कारण जोखिममा छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्