बितेका दुई दिनमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएनन्

Machchapuchchre

अर्थ राजनीति – देशभित्र बिगत दुई दिनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । लगातार सात जना कोरोना भाइरस संक्रमित भेटिएपछि शतर्कता अपनाइएको अवस्थामा नयाँ संक्रमित नभेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिएको रयापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आएकाहरुको आरटी पीसीआर गर्दा नेगेटिभ आएको जानकारी दिए । उनले हाल संक्रमित संख्या १६ नै रहेको र एकजना उपचारपछि घर फर्किएको बताए । १५ जना उपचारका क्रममा रहेको पनि उनले बताए । वीरगञ्जमा गरिएको रयापिड टेष्ट ४ सयजनाको भएको र सबैजना नेगेटिभ नतिजा आएको समेत उनले जानकारी गराए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्