बितेका दुई दिनमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएनन्

अर्थ राजनीति – देशभित्र बिगत दुई दिनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन् । लगातार सात जना कोरोना भाइरस संक्रमित भेटिएपछि शतर्कता अपनाइएको अवस्थामा नयाँ संक्रमित नभेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ को संक्रमण पत्ता लगाउन गरिएको रयापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आएकाहरुको आरटी पीसीआर गर्दा नेगेटिभ आएको जानकारी दिए […]