काभ्रेका दुई युवाको आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट नेगेटिभ

Machchapuchchre

अर्थ राजनति । काभ्रेका दुई जना युवामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) गर्दा कोरोनाको एन्टिबडी देखिएपछि पिसिआर टेस्ट गर्दा नतिजा नेगेटिभ आएको छ।

बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवक र मण्डनदेउपुर नगरपालिकाका २१ वर्षीय युवकमा सोमबार र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी देखिएको थियो।

आरडिटी नतिजा पोजेटिभ देखिएपछि ती युवकलाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको थियो।

उनीहरूको पिसिआर टेस्टमा नतिजा नेगेटिभ देखिएको धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए।

उनीहरूको पिसिआर टेस्टमा नेगेटिभ देखिएको छ। अवस्था सामान्य छ। डिस्चार्ज गर्ने प्रक्रियामा छौं,’ उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्