राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित ऋणीलाई दोस्रो चरणको राहत दिन अध्ययन शुरु: गभर्नर अधिकारी

Machchapuchchre

अर्थ राजनति – नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले बीबीसी नेपालीसेवासँग कुरा गर्दै थप सहुलियतको प्याकेज ल्याउने संकेत गरेका छन् । संक्रमणबाट बँच्नु नै मुख्य प्राथामिकता रहेको यो अवधिमा विभिन्न व्यवसाय गरिरहेका मानिसहरुको बाध्यतालाई मध्यनजर गर्दै बैंकको ब्याज, किस्ता लगाएतका कुराहरुमा सहुलियत प्रदान गर्ने बताएका छन् । राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित उद्योगी व्यापारीलाई दोस्रो पटक राहत दिन अध्ययन शुरु गरेको हो ।

उनले भने ‘लकडाउनको असर उद्योगधन्दा, बैंक बित्तिय संस्थामा परेको छ । यसको फलस्वरुप बैंकबाट लिएको ऋण तिर्न नसक्ने, ब्याज तिर्न नसक्ने स्थिति हुनसक्छ । यसलाई हामिले कुनै न कुनै रुपले छुट दिनु पर्ने, समय दिनु पर्ने स्थिति हुन सक्छ । यो समयमा समग्र अर्थतन्त्रले, राष्ट्र बैंकले कम्प्रोमाईज गर्नु पर्ने हुन सक्छ । यस्तो कम्प्रोमाइज वित्तिय स्थिरतालाई चुनौती  दिन्छ, यी चुनौतीहरुलाई सामाना गर्न हामी प्रयासरत छौं ।’

उनले चैत महिनाको किस्ता असारमा बुझाउँदा दुबै किस्ता एकै पटक तिर्नु पर्ने हुँदा थप आर्थिक भार पर्न जाने भएकोले यसबारे थप छलफल शुरु गरेको बताए । नेपालको अर्थतन्त्रमाथि हालै विश्व बैंकले आँकलन गरे झै आर्थिक वर्षको आठ महिना काम भएकोले त्यति तल नझर्ने उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्