कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४५ हजार नाघ्यो, २१ लाख ८२ हजार बढी संक्रमित

Machchapuchchre

अर्थ राजनीति – पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या करिब दश हजारले बढेर १ लाख ४५ हजार ५ सय ४५ पुगेको छ । विश्वमा नोबल कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ ।

संक्रमितको संख्या पनि करिब ८२ हजारल बढेर २१ लाख ८२ हजार ७ सय ७१ पुगेको छ । संक्रमितमध्ये ५ लाख ४७ हजार ५ सय ४३ जना उपचारपछि निको भएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ६ लाख ७७ हजार ५६ जना संक्रमित हुँदा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो समय २१ सय ३७ जनाको मृत्यु भएको छ । स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जना संक्रमित हुँदा १९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ६८ हजार ९ सय ४१ पुगेको छ । त्यहाँ २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ ।

यी दुवै मुलुकमा कोरोना संक्रमित र मृत्यु हुनेको दरमा भने केही कमी आएको छ ।

उता फ्रान्समा कोरोना भाइरसबाट १ लाख ६५ हजार २७ जना संक्रमित हुँदा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ३७ हजार ६ सय ९८ जना संक्रमित भएका छन् । मृतकको संख्या ४ हजार ५२ पुगेको छ ।

बेलायतमा १ लाख ३ हजार ९३ जना संक्रमित छन् भने थप ८ सय ६१ जनाको मृत्यु भएपछि मृतकको संख्या १३ हजार ७ सय २९ पुगेको छ ।

भारतमा १३ हजार ४ सय ३० जना संक्रमित हुँदा ४ सय ४८ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ६ हजार ९ सय १९ पुग्दा १ सय २८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्