लकडाउन वैशाख १५ सम्म

Machchapuchchre

अर्थ राजनीति  –  सरकारले थप १२ दिन ‘लकडाउन’ लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन पुनः १२ दिन थपेर वैशाख १५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो ।

सीमानाकाहरु वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको थियो । लकडाउनअघि नेपालमा कोरोना संक्रमितको संख्या दुईजना थियो ।

तर, कोरोनाभाइरसको जोखिम बढ्ने देखिएपछि सरकारले एक हप्ताको लागि गरेको लकडाउन बढाएर पहिलोपटक चैत २५ गतेसम्म र दोस्रोपटक थप एक हप्ता बढाएर वैशाख ३ गतेसम्म पुर्‍याएको थियो । कोरोना महामारीको जोखिम थप बढ्ने देखेपछि सरकारले तेस्रोपटक लकडाउनको समयसीमा बढाएर वैशाख १५ गते पुर्‍याएको छ । अहिले नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्