राष्ट्र बैंक द्वारा वाणिज्य बैंकहरुलाई सरकारी खाताहरु अद्यावधिक गर्न ताकेता

अर्थ राजनीति – नेपाल राष्ट्र बैंकले संघिय सरकार, प्रदेश सरकार र स्थानिय तहका विभिन्न समूहका सरकारी खाताहरु अद्यावधिक गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको सरकारी कारोबार निर्देशिका, २०७६ बमोजिम उक्त सरकारी खाताहरुलाइ अद्यावधिक गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकले यसअघि २०७६ पुष २७ गते नै सरकारी खाता अद्यावधिक गर्न परिपत्र गरेपनि वाणिज्य बैंकहरुले हालसम्म पनि उक्त सरकारी खाताहरु अद्यावधिक गरी कार्यन्वयन नगरेकाले १० कार्य दिनभित्र सम्पूर्ण सरकारी खाताहरुलाई अद्यावधिक गरी सम्बन्धित सरकारी कार्यलय, महालेखा नियन्त्रक कार्यलय र राष्ट्र बैंकको सरकारी लेखा फाँट विभागमा जानकारी गराउन निर्देशन जारि गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्