Artharajniti ~ नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । हिजो सोमबार प्रतितोला ३ हजार रुपैयाँ बढेको सुनको मूल्य आज ८ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार सुन तोलाको २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ३ हजार ९ सय ७० मा कारोबार भइरहेको छ ।
सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा भइरहेछ कारोबार ?



