अभिनेता हमाल :– ” अर्थमन्त्री वाग्लेले सीमा नाघेर बोले “

Machchapuchchre Bank

Artharajniti ~ अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो मन्त्रीस्तरीय कार्यक्षेत्रको सीमासमेत नाघेको अभिनेता राजेश हमालले टिप्पणी गरेका छन् । साेमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अभिनेता हमालले अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले नेपालको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको जग र नेपाल–भारत सम्बन्धको गरिमामाथि प्रश्न उठाएको उनको भनाइ छ ।
हमालले अर्थमन्त्रीको अभिव्यक्तिले नेपालको दीर्घकालीन परराष्ट्र नीतिलाई विकृत पार्ने जोखिम रहेको उल्लेख गर्दै यस्तो चाकरीपूर्ण रवैयाले नेपालको सार्वभौमसत्ताको गरिमा कमजोर पार्नुका साथै नेपाल र भारतबीचको लामो समयदेखिको सम्बन्धको समेत उपहास गरेको बताएका छन् । उनले कुनै पनि पदाधिकारीले आफ्ना अभिव्यक्ति वा सर्तमार्फत अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको प्रतिष्ठा कमजोर पार्ने गरी आधारभूत मान्यतामा सम्झौता गर्न नहुने बताए ।

नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जोडिएको उल्लेख गर्दै हमालले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन् । तर, राष्ट्रिय अडान प्रस्तुत गर्दा कूटनीतिक विवेक, गरिमा र सन्तुलन कायम गर्नुपर्नेमा उनले जोड दिएका छन् । उनले नेपाल–भारत सम्बन्धमा रहेका समाधान हुन नसकेका सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । सरकारका धारणा अस्पष्ट भाषणबाजी र खोक्रा आश्वासनमार्फत नभई स्थापित कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादका आधारमा स्पष्ट रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्