” सबैभन्दा ठुलो पीडा आफ्नै सहकर्मीको क्षति हो ” : आईजीपी कार्की

Machchapuchchre Bank

aRTHARAJNITI ~ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कर्तव्य पालनाको सिलसिलामा प्रहरी कर्मचारीले यसवर्ष भोटेकोशी र त्रिशूलीको महाविपत्ति भोग्नुपरेको बताएका छन् । ७१ औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा कार्कीले भने, ‘विपद्को सबैभन्दा पीडादायी पक्ष कर्तव्यपालनको सिलसिलामा आफ्नो सहकर्मीहरूको क्षति हो, त्यो विपाद्म २८ जना प्रहरी प्रत्यक्ष प्रभावित भए ।’ भोटेकोशीको बाढीबाट ३ जना प्रहरीले राष्ट्रसेवाका क्रममा अमरत्व प्राप्त गरेको र २५ जना अझै सम्पर्कविहीन रहेको आईजीपी कार्कीले बताए ।
भदौ १० मा आएको भोटेकोशी र त्रिशूलीको बाढीका कारण ४ हजार ८९ जना सम्पर्कविहीन छन् । भोटेकोशीको बाढीमा परेका १३ सय ९९ जना मृत भेटिएका छन् । भोटेकोशी र त्रिशूलीको महाविपद् प्रहरीको संस्थागत स्मृतिमा पीडा, साहस र कर्तव्यनिष्टाको गहिरो अध्याय भएर अंकित भएको आईजीपी कार्कीले बताए ।
उनले भने, ‘विनाशकारी बाढीको विनाशपछि कठिन भूगोलमा प्रहरीले अन्य सुरक्षा निकायसँगै खोज, उद्धार, शव व्यवस्थापन, सुरक्षा र मानवीय सहायताको अग्रपंतिमा परिचालित भएको थियो ।’ प्रहरी दिवसमा कार्कीले कर्तव्य पालनाको सिलसिलामा हालसम्म १७ सय ९८ जनाले वीरगति प्राप्त गरेको बताए । उनले भने, ‘जस्तोसुकै कठिन परिस्थितमा पनि विधिको सुशासन सुनिश्चिततामा प्रहरी सदैव प्रतिबद्ध रहने छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्