भारतमा १९ दिन लकडाउन लम्ब्याइयो, नेपालमा कहिले सम्म ?

Machchapuchchre

अर्थ राजनीति – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।

‘अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो महङ्गो सावित भएपनि भारतवासीको जीन्दगीको अगाडि यसको कुनै तुलना नभएको बताए । उनले भने, ‘भारत जुन मार्गमा चलेको छ त्यसको चर्चा दुनियाँभरमा भएको छ ।’

नेपालमा भने दोस्रोपटक बढाइएको लकडाउनको अवधि सकिने अघिल्लो दिन यसबारे निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । ११ बजे बस्ने मन्त्रिपरिषद्ले लकडाउन हटाउने वा बढाउने विषयमा निर्णय गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्