शेयर लगानीकर्ता बैंकमा झुम्मिए, फेरि बढ्यो अर्को जोखिम
अर्थ राजनीति ~ असार महिनाको पहिलो दिनदेखि नै सुरु भएको उतारचढाव शेयर बजारमा कायमै छ । अघिल्लो हप्तादेखि नै गुम्दै आएको मनोबल लगानीकर्ताहरूमा फिर्ता भइसकेको देखिँदैन । फलस्वरूप आइतबार साताको पहिलो कारोबारमा पनि कारोबार रकम सात अर्बमा सीमित रह्यो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा लगातार आएको गिरावटले लगानीकर्ताहरूको मनोबल खस्केको स्पष्टरुपमा संकेत गरेको […]