रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुमाथि राष्ट्र बैंकको निर्देशन

Machchapuchchre
अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरूलाई अंकुश लगाएको छ । राष्ट्र बैंकले मंगलबार विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र– २०७६ लाई संशोधन गर्दै विप्रेषण प्रयोजनका लागि सबै मुद्राको विनिमय दर प्रकाशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । हालसम्म फेडानमार्फत अमेरिकी डलर (यूएसडी) र नेपाली मुद्राको विनिमय दर औसत खरीद दर तय गरी प्रत्येक दिन विप्रेषण विनिमय दरका रूपमा प्रकाशित गर्दै आएकोमा अब नेपाल राष्ट्र बैंकले सबै देशका मुद्राको समेत फेडानको दरमा राख्नुपर्ने छ । उक्त दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीहरूले विप्रेषण प्रयोजनका लागि समान विनिमय दर कायम गर्नुपर्नेछ । यसरी फेडानले दैनिक दुईपटक प्रकाशन गर्ने विप्रेषण विनिमयदर इजाजत प्राप्त सबै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीहरूलाई उपलब्ध गराउन निर्देशन दिएको छ । फेडान विप्रेषणका लागि विनिमय दर निर्धारण गर्ने संस्था हो ।विप्रेषण कारोबार गर्ने सबै इजाजतपत्र प्राप्त संस्थाहरूले फेडानको सदस्यता लिनुपर्ने हुन्छ । राष्ट्र बैंकका अनुसार विदेशबाट विप्रेषण पठाउने नेपालीहरूका लागि एउटै दर कायम गर्न यो व्यवस्था गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्