आजबाट सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई हुँदै

Machchapuchchre

अर्थ राजनीति  ~  सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाई हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख निवेदक भएको र विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यहरुले दायर गरेको रिटमा निरन्तरर सुनुवाई हुन लागेको छ । प्रतिनिधिसभा विघटन लगायतका विषयमा परेका ३० वटा रिटमाथि आजदेखि सुनुवाई हुँदैछ । बहुमत सदस्यको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरिएको भन्दै तीसवटा रिट परेकोमा सबैभन्दा पहिला देउवा प्रमुख निवेदक भएको रिटउपर सुरुवाई हुनेछ । उक्त सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनेको छ । सरकारको सिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटनको घोषणा भएको थियो । यसअघि संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री पदमा नियुक्त हुन प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले दाबी पेश गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्