राष्ट्र बैंक १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले १ अर्ब ५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गर्ने भएको छ। बैंकले एक वर्षे मुद्दती निक्षेपमा सो रकम लगानी गर्ने भएको हो। जसअनुसार क वर्गका वाणिज्य बैंकहरुमा ८४ करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा १५ करोड ७५ लाख तथा ग वर्गका वित्त कम्पनीहरुमा ५ करोड २५ लाख रुपैयाँ निक्षेपमा जम्मा गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम ब्याजदरसहित प्रस्ताव गर्नेछन्। राष्ट्र बैंकले बचत गर्ने यो रकमले तरलता सहजताका लागि सहयोग हुनेछ। न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, रियल स्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको लगायतका शर्तहरु पालना गरेको हुनुपर्छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्