उपेन्द्र यादव : ” ओली राजा महेन्द्र, हिटलर र केशरजंग रायमाझीको पथमा

Machchapuchchre

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओलीलाई राजा महेन्द्र, हिटलर अनि केशरजंग रायमाझीको पथमा हिँडेको बताएका छन् । त्यस्तै महन्थ ठाकुर र राजेन्द्र महतोहरू केपी ओलीको पिछलग्गु बनेको र उनीहरु बेदानन्द झाको नयाँ संस्करण भएको बताएका छन् । सोमबार पार्टीका नेता तथा कार्यकर्तालाई भर्चुअल माध्यमबाट प्रशिक्षण दिँदै अध्यक्ष यादवले इतिहास सम्झाए, ‘राजा त्रिभुवनले २००७ सालपछि संसद बन्न दिएनन् । राजा महेन्द्रका पालामा राजनीतिक संघर्ष भयो र २०१५ सालमा चुनाव भएर संसदीय अभ्यास सुरु भयो । तर, राजा महेन्द्रले १८ महिनामा नै त्यो संसद समाप्त पारेर दलहरूमाथि प्रतिबन्ध लगाई ३० वर्षसम्म निरंकुश शासन चलाए ।’संसदीय व्यवस्था ल्याउनका लागि लामो संघर्षपछि प्राप्त भएको संसदीय व्यवस्थामाथि पुनः राजा ज्ञानेन्द्रले प्रहार गरेको बताउँदै अध्यक्ष यादवले अहिले केपी ओलीले पनि राजा महेन्द्रले जस्तै संसद भंग गरी स्वेच्छाचारी शासन चलाएको आरोप लगाए । लोकतन्त्रमाथि प्रहार गर्ने ओलीको मतियार बन्ने काम महन्थ ठाकुर र राजेन्द्र महतोहरूले गरेको बताउँदै यादवले यसअघि पनि बेदानन्द झाहरु दरबार पसेको इतिहास सम्झिए ।

’संघीयता, गणतन्त्र र समावेशी नरुचाउने प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा देशको नेतृत्व रहेको र उनलाई कमल थापा, महन्थ ठाकुर लगायतका दरबारियाहरुले साथ दिइरहेको यादवको टिप्पणी छ । ओली– ठाकुर गठबन्धनले देशको लोकतान्त्रिक प्रकृयालाई प्रभाव पारिरहेको बताउँदै राजा ज्ञानेन्द्रले जसरी संसद भंग गरे, त्यसरी नै ओलीले पनि भंग गरेर देशको शासन सत्ता आफ्नो हातमा लिएको यादवले आरोप लगाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्