एक सातामा सुनको भाउ २८ सयले घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  सोमबार छापावाल सुनको भाउ एक तोलाको ९० हजार ४०० तोकिएको छ । असार १ गते प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन एक सातामा २८ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य ८९ हजार ९५० रुपैयाँ तोकिएको छ । असार १ गते तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै असार १ गते प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २९५ रुपैयाँमा झरेको छ । एक गतेदेखि ६ दिनसम्म लगातार घटेको चाँदीको भाउ ७ असारमा भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ । निषेधाज्ञाका कारण वैशाख १५ गतेदेखि बन्द रहेको सुनचाँदी व्यवसाय मंगलबारदेखि सञ्चालनमा आउँदैछ । उपत्यकाको जिल्ला प्रशासन कार्यालयहरुले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार सुनचाँदी पसल खोल्न दिने निर्णय गरेपछि पसल सञ्चालनको तयारी थालिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्