बुधबार घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति ~  आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९० हजार ७०० रुपैयाँमा झरेको छ । गत मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेर सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउदै एक हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्