प्रधानमन्त्री ओलीले साँझ ६ बजे बोलाए आकस्मिक बैठक

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् । जेठ २१ गते विस्तार गरिएको मन्त्रीपरिषदमा नियुक्त भएका सबै मन्त्रीहरू निलम्बन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । निलम्बित एक मन्त्रीका अनुसार बालुवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको छ । उनले भने, ‘प्रधानमन्त्रीको सचिवालयबाट आज साँझ ६ बजेका लागिका बैठक बोलाइएको छ । केही विशेष निर्णय हुने बुझिएको छ ।’ सर्वोच्चको अप्रत्यासित आदेश पछी प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमबारे विभिन्न अड्कलबाजी शुरू भएको छ। कतै उनले राजनीतिक संकटकालको त घोषणा गर्ने होइनन् भन्ने चिन्ता बढेको एक राजनीतिक विश्लेषकले बताए। नाम उल्लेख नगर्न अनुरोध गर्दै उनले भने, “ओलिबाट के निर्णय आउने हो भन्ने अनुमान लगाउन गाह्रो छ तर, राजनीतिक संकटकालको घोषणा भयो भने पनी अचम्म नमाने हुन्छ।”मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री ओली सरकारमा सामेल भएका नयाँ मन्त्रीहरूको पदमुक्त गर्न आदेश दिएको छ । प्रतिनिधिसभा विघटनपछि  विस्तार गरिएको मन्त्रिपरिषद् विस्तारमा २१ जना मन्त्री नियुक्त भएका थिए । तीनजना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ राज्यमन्त्रीले जेठ २१ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। त्यस्तै गत जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित ७ मन्त्रीले शपथ लिएका थिए । अब सरकारमा प्रधानमन्त्री ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ , अर्थमन्त्री बिष्णु पौडेल  र भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङमात्रै बहाल रहेका  छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्