सूर्य थापा : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक लगाएको थियो । सोही आदेशका सम्बन्धमा फेसबुकमा टिप्पणी गर्दै थापाले सर्वोच्चले आफ्नै नजिरविपरीत आदेश दिएको उल्लेख गरेका हुन् ।’२०७४ असोज र २०७८ असारका बीच श्री सर्वोच्च अदालतले गरेको फैसलामा देखिएको यो के हो ?,’ थापाले लेखेका छन्, ‘आफ्नै नजीर र व्याख्याविपरित रहेको हिजोको फैसला विरोधाभाषपूर्ण र आश्चर्यजनक छ । संविधान र कानुनको व्याख्यामा यस्तो परस्परविरोधी अभ्यासले कहाँ पुर्‍याउने होला ?’प्रचण्डले एक दिनअघि गरेको भाषण र सर्वोच्चले एक दिनपछि आदेश हुबहु मिलेको भन्दै थापाले सेटिङ हो कि के हो भन्दै प्रश्न गरेका छन् । देउवालाई २०७४ मा मन्त्रिपरिषद् विस्तारको अधिकार दिइएको प्रसंग उल्लेख गर्दै थापाले अहिले ओलीलाई चाहिँ छैन भन्ने प्रश्न गरेका छन् । उनले मन्त्री बनाउने, बजेट वक्तव्यको संशोधन/सम्पादन वा कुनै बुँदा खारेज गर्ने, कार्यविधि र नियमावली बनाउने अधिकार सर्वोच्चको हो र भन्दै प्रश्न गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्