व्यापार व्यवसाय अस्तव्यस्त , बैंकहरुमा कर्जाको माग घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै व्यापार व्यवसाय अस्तव्यस्त बनेको छ । कोरोनाको पहिलो लहरपछि लयमा फर्किन थालेको व्यापार व्यवसाय दोस्रो लहरले पुनः अस्तव्यस्त बनायो । कोरोनाका कारण देशभरको व्यापार–व्यवसाय चौपट बनेको छ । काठमाडौं उपत्यकासहित देशभर जारी निषेधाज्ञा केहि खुकुलो बनाइएपनि व्यापार व्यावसाय भने पूर्ण रुपमा सञ्चानल हुन सकेको छैन् । यसरी हेर्दा व्यापार व्यवसाय लयमा फर्कन केहि समय पर्खनुपर्नेछ । नेपालमा चीनबाट हुने आयात दुई वर्षदेखि ठप्प रहेको छ । नेपाल राष्ट्रिय उद्योग महासंघका केन्द्रीय सहसंयोजक भिमलाल पौडेल कोरोना महामारीको दोस्रो लहरका कारण नेपालको अर्थतन्त्र, उद्योग, व्यवसाय लगायत सबै क्षेत्र आक्रान्त बनेको बताउनुहुन्छ । ‘यतिबेला चीनबाट हुने आयात दुई वषदेखि ठप्प रहेको अवस्था छ । दैनिक उपभोग्य सामानहरु, लत्ताकपडा, इलेक्ट्रोनिक सामानहरु ल्याउन सक्ने अवस्था छैन । हाम्रो धेरै सामानहरु चीनबाटै आउने र त्यहाँ गएरै नेपाली व्यापारीहरुले छानेर ल्याउने स्थिति लगभग बन्द नै भएको अवस्था छ ।’कोरोनाका कारण उद्योगधन्दामा प्रयोग हुने कच्चा पदार्थ पनि अभाव भएको उहाँले बताउनु भयो । ‘कोरोनाका कारण उद्योग धन्दामा प्रयोग हुने कच्चा पदार्थ अभाव भएको छ । अर्कोतिर अरबौं लगानी गरेका ठूला–ठूला होटलहरु कोरोनाका कारण एकदमै नाजुक अवस्थामा पुगेका छन् । त्यस्ता होटलमा लगानी गर्नेको स्थिति भयाभह छ ।’

व्यापार व्यवसाय पूर्ण रुपमा सञ्चालन हुन नसक्दा बैंकहरुमा कर्जाको माग पनि घटेको छ । नेपाल बैंकर्स संघले तथ्यांक अनुसार आर्थिक वर्षको चौँथो त्रैमासको जेठ महिनाको मध्यतिर आइपुग्दा बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेपको मात्रा बढ्न थालेको छ । नेपाल बैंकर्स संघकाअनुसार जेठ महिनाको दोस्रो हप्तासम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्बले बढ्दा कर्जा लगानी भने ८ अर्बले मात्र बढेको छ । निषेधाज्ञाको समयमा मालपोत कार्यालय बन्द हुने भएकाले पनि यो समय बैंक वित्तीय संस्थाहरुको कर्जा लगानीमा धेरै सुस्तता आएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्