प्रधानमन्त्री ओलीलाई उपधारा ५ मा जाने बाटो बन्द : वरिष्ठ अधिवक्ता ज्ञवाली

Machchapuchchre

अर्थ राजनीति  ~  संविधानको धारा ७६ (३) बमोजिम नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकेको हुनाले उपधारा (५) मा जाने बाटो बन्द भएको वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस गर्दै ज्ञवालीले धारा ७६ (३) बमोजिमको पिएमले विश्वासको मत लिन नसकेमा उपधारा ५ जान जान ‘भोटे ताल्चा’ लाग्ने बताए । ज्ञवालीलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोधे, ‘उपधारा ४ अनुसार प्रधानमन्त्रीले विश्वासको मत नपाएमा वा नियुक्त हुन नसकेमा भन्ने शब्दले उपधारा ५ को विकल्प अन्तिम हुन सक्छ र ?’ आत्मसमर्पणको सिद्धान्त अनुसार केपी शर्मा ओलीले हात उठाएको हुनाले उपधारा (५) मा जाने उनको बाटोमा ताल्चा लागिसकेको ज्ञवालीको जिकिर छ । सांसदहरुको हस्ताक्षर लिएर जाने सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नु राष्ट्रपतिका लागि संविधानले बाध्यकारी व्यवस्था गरेको ज्ञवालीले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्