देउवा र प्रचण्ड द्वारा नेपालको खुलेर प्रशंसा

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमाले नेता माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट बिच्किन नदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फुर्क्याउन थालेका छन् । एमाले एकताका लागि नेपालमाथि आफ्नै समूहको दबाब चर्को रुपमा आइरहेको अवस्थामा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले यस्तो रणनीति लिएका छन् । शनिबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवा र दाहालले नेपालको खुलेर प्रशंसा गरे । देउवाले माधव नेपालको प्रशंसा गर्दै माधव नेपाल लडाकु मित्र भएको बताए । माओवादी केन्द्रका अध्यक्ष दाहालले विपक्षी गठबन्धनमा सहभागी एमाले वरिष्ठ नेता नेपाल एमालेको झन् ठूलो नेता बनेको भन्दै फुर्क्याएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्