काँग्रेस : महाधिवेशन केन्द्रित पदाधिकारी बैठक बस्दै

Machchapuchchre
अर्थ राजनीति  ~  नेपाली काँग्रेसले पदाधिकारी बैठक आज डाकेको छ । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो २ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । यस्तैे पार्टी क्रियाशील सदस्यता विवादबारे नेतृत्व तहमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । क्रियाशील छानविन समितिका अनुसार प्रदेश दुईका बारा र सप्तरीका आठवटै निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री नै भएको छैन भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरेको छैन । बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा सदस्यता वितरण र नवीकरणको काम भइरहेको छ भने काभ्रेको एउटा निर्वाचन क्षेत्रको नाम पनि सार्वजनिक गरिएको छैन । बर्दिया, प्यूठान, पूर्वी रुकुम र डडेल्धुराको नाम पनि सार्वजनिक गरिएको छैन । छानबिन समितिले क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई असार १२ गतेसम्मको समय दिएको थियो । यो समय हिजै सकिएको छ । क्रियाशील सदस्यता काम समयमा सम्पन्न गर्न नसकिँदा भदौ १६ र १९ गतेका लागि निर्धारण गरेको महाधिवेशन पनि सम्पन्न गर्न सकिन्छ सकिँदैन भन्नेमा काँग्रेसभित्र चिन्ता व्यक्त गर्न थालिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्