बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। ‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको छ,’ तामाङले बताए। एमालेमा स्थायी कमिटी १९ सदस्यीय छ। अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविनै स्थायी कमिटी गठन गरेका थिए। आजको बैठकमा पार्टी विधान महाधिवेशनबारे पनि छलफल हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्