२१ जुलाईसम्म नेपाल सहित १३ देशका उडान बन्द

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली कामदारको प्रमुख गन्तव्य मध्येको एक मुलक संयुक्त अरब ईमिरेट्स (यूएई) ले नेपाली सहित १३ देशका उडानलाई  २१ जुलाईसम्म रोक्ने भएको छ । युएईको नागरिक उड्डयन प्राधिकरणले एयरमेनलाई जारी गरेको सूचनामा (नोटाम)का अनुसार भारत र १३ अन्य देशहरुबाट लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कय्गो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिका, जुलाई २१, २०२१ को बिहानसम्म निलम्बित रहने भनि सूचना जारी गरिएको छ । गल्फन्युजका अनुसार नोटिसमा भनिएको छ कि कार्गो उडानका साथै व्यापार र चार्टर उडानहरूलाई प्रतिबन्धबाट छुट दिइनेछ । दुबईको क्राइसिस एन्ड डिजास्टर मैनेजमेन्टको सर्वोच्च समितिका अनुसार युएईले कोरोना भ्याक्सिनको दुई डोज लिएका दुबईका बासिन्दाहरु भारतीय यात्रुहरूलाई यात्राका लागि अनुमति दिइएपछि भारतीय उडानहरू जुन ६ देखि पुनः सुरु हुने आशा गरिएको थियो । नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाइसम्म लम्ब्याएको बताएको छ । यसअघि उक्त मुलुकले नेपालीलाई ७ जुलाइसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । वैदेशिक रोजगारीमा जाने मध्ये प्रतिशतका हिसावले यूएईमा १४ प्रतिशत नेपाली जाने गरेका छन् । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले गत जुन २३ तारिखदेखि दुबई–काठमाडौंको एकतर्फी हवाई उडान शुरु गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्