पुनर्कर्जाको सीमा २० करोडबाट ५० करोड पुग्यो : राष्ट्र बैंक

Machchapuchchre

अर्थ राजनीति  ~  पुनर्कर्जाको सीमा २० करोडबाट ५० करोड पुर्याएको छ । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकको स्रोतबाट ब्याज अनुदान दिनेगरी ल्याइएको पुनर्कर्जा कार्यविधिलाई मात्र संशोधन गरेको शुक्रबार जारी गरेको संशोधन कार्यविधिमा उल्लेख छ । कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि अक्सिजन प्लान्ट लगायत स्वास्थ्य सामाग्रीको खरिद तथा पुनर्कर्जासम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । त्यस्तै, संकटग्रस्थ विद्युत् आयोजनाहरुलाई १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाले २० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने व्यवस्था गरेको छ  । केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, पाँच करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध लगराएको छ । उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ठ रुपमा प्रदान गरिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्