गुम्यो ओली सरकारको दुई तिहाइ, समर्थन फिर्ता लिने समाजवादी पार्टीको निर्णय

सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार(आज) बसेको दलको केन्द्रीय कार्यकारीणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । समाजवादी पार्टी नेपालका महासचिव एवं संगठन विभाग प्रमुख गंगा श्रेष्ठले कार्यकारीणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए । ‘सरकारबाट बाहिरिएपछि […]

ओली सरकारलाई चुनौती दिदै देशभरका सबै स्थानीय तहको सर्भर ह्याक

काठमाडौं । सरकारलाई नै चुनौती दिदै देशभरका ७ सय ५३ वटै स्थानीय तहको सर्भर ह्याक भएको छ । सर्भर ह्याक हुँदा लेखा प्रणाली नष्ट भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार बिहीबार रातिबाट सर्भर ह्याक भएको हो । तर स्थानीय तहले भने मंसिरको दोस्रो सातादेखि सर्भर बिग्रीएको बताएका छन् । सर्भरले काम नगरेको बारे सबै […]

‘क्रिसमस डे’ का अवसरमा राष्ट्रपति भण्डारीले दिइन यस्तो शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएकी छन् । क्रिश्चियनहरूको पर्व क्रिसमसका अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान […]

राष्ट्रिय सभा चुनावका लागि अधिकृत तोकिए

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले अधिकृतहरू तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतका रूपमा खटाएको हो । आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार प्रदेश १ मा मोरङका जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा धनुषा जिल्ला अदालतका राजकुमार खतिवडा, प्रदेश ३ मा ललितपुर जिल्ला अदालतका महेन्द्रबहादुर […]

नैकिताकताका आधारमा सरकारमा बसिरहन मिलेन भन्दै उपेन्द्र यादवद्वारा मन्त्रीबाट राजीनामा

काठमाडौं । सरकारबाट बाहिरिन निर्णय गरेको केही समयमै उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र पठाएका छन् । मन्त्री यादवले आफैं उपस्थित नभएर ‘प्रतिनिधि’मार्फत प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएका हुन् । समाजवादी पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । उपप्रधानमन्त्री यादवले नैतिकताको आधारले सरकारमा […]

भारतीय अतिक्रमण विरुद्ध जागरण मञ्चकाे अभियान, काठमाडौंमा बृहत अन्तरक्रिया, कसले के भने ?

काठमाडौं । पूर्वमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राम कार्कीले भारतमा पनि राष्ट्रियता परीक्षण भइरहेको तर्क गरेका छन्। अहिले नेपालसँग देखिएका सीमा विवाद यसकै उपज भएको उनको भनाइ छ। सोमबार काठमाडौंमा सम्पन्न ‘नेपालको राष्ट्रियतामा भारतीय प्रभाव’ विषयक अन्तरक्रियामा राष्ट्रिय जागरण मन्चका संयोजक गुणराज लोहनीले प्रस्तुत गरेको १४ पृष्ठ लामो कार्यपत्रमाथि टिप्पणी गर्दै नेता […]

बैंक अफ काठमाण्डू प्रकरणपछि पहिलोपटक मिडियामा अजय श्रेष्ठ, हेर्नुहोस् EXCLUSIVE अन्तर्वार्ता (भिडियो)

बैंक अफ काठमान्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ बैंक अफ काठमान्डू प्रकरणपछि पहिलो पटक मिडियामा आएका छन् । उनी नेपाल टेलिभिजन न्युज एचडिमा हरेक शनिबार राती ८:५० बजे प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ मार्फत पहिलोपटक नेपाली मिडियामा आएका हुन् । उनले उक्त कार्यक्रममा आफु पक्राउ पर्दादेखि अवका रणनीतिसम्मका कुराहरु खोलेका छन् । उनले अन्तर्वार्ताका […]

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सोमबार सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत रहेका छन् […]

गोकर्ण रिसोर्टबारेको सम्झौता जानकारी गराउन नेकपा सांसदहरुको माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले सरकारलाई गोकर्ण फरेस्ट यती समूहलाई दिने सम्झौताबारे सदनलाई जानकारी दिन माग गरेका छन् । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्टबारे सरकारले गरेको सम्झौता सदनलाई यथार्थ जानकारी दिन माग गरेका हुन् । यस्तै, प्रमुख […]

बालुवाटारमा ओली-प्रचण्डबीच २ घण्टा लामो छलफल, के भयो कुराकानी ?

काठमाडौँ । स्थायी समिति बैठक सकिएलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व सभामुख–उपसभामुखका उम्मेदवार छनोटमा केन्द्रीत भएको छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान भेटवार्ता भएको छ । संसद सचिवालयले आगामी पुस ११ गते सभामुख–उपसभामुखको निर्वाचन प्रकृया सुरु गर्ने जनाइसकेको छ । सम्भवत […]